दफा
समितिको बैठक र निर्णय

५. समितिको बैठक र निर्णय

(१) समितिको बैठक समितिको अध्यक्षले तोके बमोजिम
हुनेछ ।धधध।बिधअयmmष्ककष्यल।नयख।लउ

धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
(२) समितिको एक तिहाई सदस्यहरूले बैठकको लागि लिखित माग गरेमा
समितिको सदस्य–सचिवले समितिको अध्यक्षलाई जानकारी दिई बैठक बोलाउनु पर्नेछ ।
(३) समितिको अध्यक्षको पद रिक्त रहेको अवस्थामा वा अध्यक्षको अनुपस्थितिमा
समितिको सदस्य–सचिवले समितिको बैठक आवश्यकता अनुसार बोलाउन सक्नेछ ।
(४) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा
समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ र निजको
अनुपस्थितिमा समितिको सदस्यहरूले आपूmहरूमध्येबाट छानेका व्यक्तिले समितिको
बैठकको अध्यक्षता गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ । र मत बराबर भएमा
बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिको निर्णय समितिको सदस्य–सचिवद्वारा प्रमाणित गरिनेछ ।
(८) समितिको बैठक वर्षमा कम्तीमा चार महिनामा एक पटक बस्नु पर्नेछ ।
(९) समितिको बैठकमा अपनाईने अन्य कार्यविधि समिति आपैmले निर्धारण गर्न
सकिनेछ